आज विश्व प्रेस स्वतन्त्रता दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

world press freedom day

काठमाडौं, २१ वैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस भय र पक्षधरतामुक्त पत्रकारिता भन्ने नाराका साथ मनाइंदैछ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन प्रसारणमार्फत् विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदैछ ।

नेपाल पत्रकार महासंघले पनि आज विविध कार्यक्रमका साथ दिवस मनाउने तयारी गरेको छ । विशेष डिजिटल संवाद गरिनुका साथै दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्थाबारे अन्तराष्ट्रिय पत्रकार महासंघ आईएफजेको अनुगमन प्रतिवेदन सार्वजनिक गरिने महासंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);