विश्व प्रेस स्वतन्त्रता दिवस, सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस, सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ दिवस मनाइँदै

काठमाडौं । सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ विश्वभरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ ।

हरेक वर्षको मे महिनाको ३ तारिख अर्थात आज विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको गर्दै यो दिवस मनाउने गरिन्छ ।

सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो वर्षपनि कोरोना महामारिका कारण समाचार मिडियाको आर्थिक पूर्णता इन्टरनेट कम्पनीहरूको पारदर्शिता अनि मिडिया साक्षरतामा जोड दिँदै विश्वभरि भर्चुअल कार्यक्रमबीच यो दिवस मनाइँदैछ ।

पछिल्लो दशकमा लोकतन्त्रको पुर्नआगमन सँगै नेपालमा पनि पत्रकारिता कर्मप्रतिको उत्साह बढेको छ । रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टेना तानेपछि समात्ने नेपाली तरंग आकाशमा आज सैयाँैको संख्यामा रेडियो केन्द्रहरू छन् ।

त्यसैगरी टीभी, पत्रिका, अनलाइन गरी विभिन्न स्वरूपमा धेरै सञ्चार केन्द्रहरू विकास भएका छन् । सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिएको खण्डमा लोकतन्त्र अनि सूचनाको अधिकारमा नै धक्का पुग्छ ।

सञ्चारकर्मीहरूमाथि बन्देज लगाउने, बन्दी बनाउने, आक्रमण अनि हत्या सम्मका क्रियाकलाप हुँदै आएका छन् । आजको दिनले सामान्य जनताहरूलाई अनि विश्वभर प्रेस स्वतन्त्रताबारे जानकारी अनि महत्व बुझाउने सर्वब्यापी चेष्टा गर्छ ।

यसका साथै आजको दिनले विशवभरमा सञ्चारकर्मी हरूलाई प्रेस तठस्थ रहनुपर्ने पाठ र महत्वको झभल्को दिने कार्य गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);