२४ सै घण्टा लाटोकोशेरो फुड डेलिभरी सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२४ सै घण्टा लाटोकोशेरो फुड डेलिभरी सेवा

काठमाडौं । राजधानीमा पहिलो पटक २४ सै घण्टा लाटोकोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । विषेश गरि रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुर्‍याउने उदेश्य स्वरुप लाटो कोषेरो फुड सञ्चालनमा आएको हो । उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जिवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने उदेश्य रहेको छ ।

उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिनेछ । रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईन मार्फत सेवा दिेनेछ ।

लाटोकोशेरो डटकमले ( www.laatokoshero.com ) आफुलाई अरु भन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ ।

लाटोकोशेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका प्रकारहरु www.laatokoshero.com अथवा ९८४७३७९८९० र ९८०१०७९८९० मा अर्डर गर्न सकिन्छ ।

कोभिड तथा लकडाउनका यो समयमा लाटोकोशेरोले उपत्यकाको जनसुखै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कसहरु जस्तै स्वास्थ चिकिस्सक, नर्स, हेल्थवर्कस, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको यो समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई, १० % छुट दिने ब्यवस्था रहेको प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);