प्रधानमन्त्रीले विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने बतएका हन् । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा रहेको प्रधानमन्त्री स्रोतले बताएको छ । माओवादी केन्द्रले तत्कालै सर्मथन फिर्ता नलिने बुझेपछि ओली विश्वासको मत लिन आफैं अघि सरेका हुन् ।

उता नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै पनि ओलीको विपक्षमा बहुमत पु¥याउन सकेका छैनन् । जनता समाजवादी पार्टीभित्र यस विषयमा सहमति हुन नसक्दा कांग्रेस र माओवादी केन्द्र अविश्वास प्रस्ताव दर्ता गर्नबाट हच्किरहेका छन् ।

Leave a Reply