प्रधानमन्त्रीको विपक्षमा मतदानमा गर्न माओवादी केन्द्रका सांसदलाई ह्विप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रधानमन्त्रीको विपक्षमा मतदानमा गर्न माओवादी केन्द्रका सांसदलाई ह्विप

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको आज बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गर्दै ओलीका विपक्षमा मत दिन आफ्ना संसदलाई ह्विपसमेत जारी गरेको छ ।

प्रधानमन्त्रीले संविधान विपरीत विश्वासको मत लिन खोजेको भन्दै ओली सरकारको विकल्प खोज्ने गरी आफूहरुले गतिविधि गर्नु पर्ने बैठकले ठहर गरेको बताइएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रतिपक्षी नेपाली कांग्रेसले पनि ओलीलाई विश्वासको मत दिन नसक्ने बताई सकेको छ भने एमाले कै नेपाल पक्षमा मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । जनता समाजवादी पार्टीले भने तटस्थ रहने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);