प्रधानमन्त्री ओलीले संसदबाट आज विश्वासको मत लिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले संसदबाट आज विश्वासको मत लिदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदै छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेकाे हो । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिनसक्ने व्यवस्था अनुरुप प्रधानमन्त्रीले मत लिन लागेकाे हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन् । जसमा सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ। तर एमालेकै नेपाल खनाल पक्षका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओली विरुद्ध लाग्ने निर्णय गरीसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ ।

यता नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले यसलाई पूर्ण समर्थन गर्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);