गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिदै

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिदै छन्  ।

आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेकाे हो । विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ ।

सोही अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको गण्डकी सरकारका प्रवक्ताले बताएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पोखरेललाई उहाँको दल नेपाली कांग्रेस सहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्र सहित ३१ जना सांसदको समर्थन छ ।

उनले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने छ । गण्डकी प्रदेशसभामा हाल ५९ सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);