विश्वासको मत लिनु अघि नै मन्त्रालय बाँडफाँट गर्नुपर्ने एमालेको अडानपछि मुख्यमन्त्री कार्की अफ्ठेरोमा | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

विश्वासको मत लिनु अघि नै मन्त्रालय बाँडफाँट गर्नुपर्ने एमालेको अडानपछि मुख्यमन्त्री कार्की अफ्ठेरोमा

काठमाडौं, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । कार्कीले विश्वासको मत लिने सूचना प्रदेशसभालाई सोमबार नै दिएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेशसभालाई सूचना दिनुपर्ने प्रदेशसभा नियमावलीको व्यवस्था छ।

कोशी प्रदेशमा असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज बोलाइएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै असोज २० गते स्थगित प्रदेश सभा बैठक आज बस्ने सूचना जारी गरेको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीले नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिन लाग्नु भएको हो ।

यसअघि नियुक्त भएका मुख्यमन्त्रीहरूले विश्वासको मत लिने तालिका ३० औँ दिनसम्म पुग्ने गरेको थियो। तर, एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि मुख्यमन्त्री बनेका कार्की एक साताभित्र विश्वासको मत लिने तयारीमा जुटेका हुन् । यसैबीच नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले रामप्रपा बाहेक सबै पार्टीबाट विश्वासको मत पाउने समिकरण देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);