गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली विश्वासको मत लिने तयारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली विश्वासको मत लिने तयारीमा

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारीमा जुटेका छन् । गत जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिनेगरी तयारी थालेको एक नेताले जानकारी दिए । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनु पर्ने ब्यवस्था भएकाले संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको हो।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

तर सरकारले विश्वासको मत लिनु अगावै नीति तथा कार्यक्रम पारित गरिसकेको र बजेट पनि आइसकेको छ । सरकारले अब विश्वासको मत लिएपछि मात्रै बजेटकेन्द्रित छलफल सुरु गर्ने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);