गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नियुक्त

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले सरकार गठनका लागि बहुमतको आधारमा दाबी पेश गर्न आह्वान गरेको केही समयपछि नै ३१ सांसद सहित विपक्षी गठबन्धनको तर्फबाट दाबी पेश गरेका थिए ।

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका नेपालीलाई कांग्रेसका १३, माओवादी केन्द्रका ११, जसपाका २, जनमोर्चाका १ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ ।

विश्वासको मत गुमाईसकेका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेपछि गण्डकीमा पनि सरकार गठनमा अन्यौलता देखिएको थियो । केन्द्रमा प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि सरकार गठनका लागि आफूसँग बहुमत भएको भन्दै दाबी पेश गरेको घटना गण्डकीमा पनि दोहोरिएको हो ।

तर प्रदेश प्रमुख पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि केन्द्रको घटना दोहोरिने आशंकाको अन्त्य भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);