Our Network

असार ९ २०७८, बुधवार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन पृथ्वी सुब्बा गुरुङ नियुक्त

काठमाडौँ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।

गत २६ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन् । ३ दिनको समयसिमा आज दिउसो ४ बजे सकिएको हो ।

नेपालको संविधानको १६८ (२) अनुसार ३ दिनभित्र बहुमत दाबी गर्न पौडेलले दिएको समयसिमाभित्र दावी पेश गरेका नेपालीले ३१ सांसदको हस्ताक्षर बुझाउन नसकेपछि संविधानको १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री बनेका गुरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले आज शपथ लिएसँगै अब १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

Leave a Reply