एमाले नेता रावलको ट्वीट, नेपाल समूहले राजीनामा दिने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले नेता रावलको ट्वीट, नेपाल समूहले राजीनामा दिने संकेत

काठमाडौं । नेपाल–खनाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफ्नो समूहका सांसदहरुको राजीनामा आवश्यक रहेको बताएका छन् ।

रावलले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखका छन्,‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

राष्ट्रपति विद्यादेवि भण्डारीले बिहिबार बेलुका ९ बजेभित्र बहुमतको सरकारको दाबी गर्न विपक्षमा रहेका दलहरुलाई आह्वान गरेकी छन् ।त्यसअघि नै एमालेको नेपाल समूहका सांसदहरुले पदबाट राजीनामा दिने तयारी गरेको नेता रावलको अभिब्यक्तिबाट संकेत गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);