अनैतिक राजनीतिको खेलबाट अलग हुने भन्दै भीम रावलद्धारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अनैतिक राजनीतिको खेलबाट अलग हुने भन्दै भीम रावलद्धारा राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसदपदबाट राजीनामा दिएका छन् ।

राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै उनले राजीनामा दिएका हुन् । उनले भनेका छन्–‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुुनलाई राजीनामा दर्ता गर्न आएको छु ।’

रावल २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका हुन् ।

पछिल्लो समय एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यादलमा नेता नेपाल पक्षबाट संयोगक भई पार्टी एकताको कसरतमा सक्रिय थिए । तर आज नेता नेपालले पार्टी एकतालाई बेवास्ता गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडानका कारण उनले राजीनामा दिएको अड्कल गरिएको छ । रावलले पार्टी एकतालाई प्राथमिकतामा राख्नुपर्ने अडानमा थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);