नमिठो निर्णय लिनुप-यो : हरिबहादुर चुमान | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नमिठो निर्णय लिनुप-यो : हरिबहादुर चुमान


काठमाडौं, २५ चैत । गण्डकी प्रदेशका सरकारबाट राजीनामा दिएका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले ‘नमिठो निर्णय लिनुपरेको‘ बताएका छन् । गण्डकी प्रदेशमा माओवादी संसदीय दलका नेता समेत रहेका चुमानले प्रदेशसभा बैठकमा बोल्दै केन्द्रीय राजनीतिको प्रभावबाट आफूले मन्त्री पदबाट राजीनामा दिनु परेको दुखेसो गरे ।

बैठकमा भावुक मुद्रामा प्रस्तुत भएका चुमानले सरकारमै बसेर सरकारको विरोध गरिरहनुपर्दा आफूहरुलाई अप्ठेरो परेको भन्दै राजीनामा दिएको स्पष्ट पारे । चुमानले भने–‘जब पार्टीभित्र संघर्ष पैदा भयो, पार्टी अलग भएपछि त्यसको प्रभाव तलसम्म पर्दै गयो । फरकपनहरु देखिँदै जाने स्थिति देखियो । त्यस अवस्थामा सरकारमा बसेरभन्दा सरकार बाहिर रहेर प्रतिवाद गर्न र औंलो ठड्याउनु जरुरी छ भन्ने बुझाइ बन्दै गयो । र, यो जटिल राजनीतिक परिस्थितिमा नमिठो निर्णय लिनुपर्ने भयो ।’

केन्द्र सरकारले प्रदेशलाई मजबुत बनाउन नचाहेको आरोप लगाउँदै उनले भने–‘प्रधानमन्त्रीज्यूले नै संघीयताको मर्मलाई बोध गर्नुभएको छैन । प्रदेशलाई कमजोर बनाउँदै जाने उहाँको सोच देखिन्छ । माथि जे–जस्ता घटनाहरु हुन्छन्, त्यसको प्रभाव सिधै प्रदेशमा परेको छ । त्यसैले सरकारमा बस्न नैतिकताले पनि दिएन ।’ भावुक हुँदै उनले थपे–‘सरकारलाई यहाँभन्दा अघि सहयोग गर्न सकिएन । देश र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा मुख्यमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन्छु ।’

बैठकमा आउनुअघि उनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुलाई राजीनामा पत्र बुझाए थिए । चुमानका साथै भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले पनि मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);