टिपरको ठक्करबाट काभ्रेमा एक वर्षमा २७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

टिपरको ठक्करबाट काभ्रेमा एक वर्षमा २७ को मृत्यु

tipper aagjani

काठमाडौं, ८ साउन । बनेपा नगरपालिका–७ चारदोबाटोमा सोमबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेलतर्फ गइरहेको बा२क ३९३४ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको बा८३प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नमोबुद्ध नगरपालिका–७ का ५७ वर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार तामाङको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोशित भिडले टिपरमा आगजनी गरेका थिए । प्रहरीका अनुसार टिपरचालक नुवाकोट विदुर नगरपालिका–१ का २९ वर्षीय सुधन श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

टिपर सञ्चालनमा रोक लगाउने चेतावानी
टिपरका कारण धेरैले अकालमा ज्यान गुमाएको जनाउँदै स्थानीयले टिपर सञ्चालनमा रोक लगाउने चेतवानी दिएका छन् । स्थानीय विशाल तामाङले भने, ‘टिपरचालकले घाइते अवस्थामा रहेका मोटरसाइकल चालकलाई ब्याक गरेर किचेर मारे । म चारदोबाटाबाट धुलिखेलमा जान गाडी चढ्ने तयारीमा थिएँ, एक्कासि ठूलो अवाज आयो, हेर्दा दुर्घटना भएको रहेछ । मोटरसाइकल चालक घाइते अवस्थामा थिए, पछि सारेर किचेर मार्यो ।’

एक वर्षमा ६५ जनाको ज्यान गयो
जिल्ला ट्राफिक कार्यालय काभ्रेले दिएको तथ्यांकअनुसार जिल्लामा एक वर्षमा भएका विभिन्न सवारी दुर्घटनाका कारण ६५ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये २७ जनाको टिपरको ठक्करबाट ज्यान गएको छ । जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले सडक पूर्वाधारदेखि चालकको लापरबाहीका कारण दुर्घटना बढिरहेको बताए । यसको न्यूनीकरणका लागि धेरैभन्दा धेरै सचेतनाका कार्यक्रम गर्नुपर्ने उनले बताए । दुर्घटनापछि स्थानीयले बिपी राजमार्गको भकुन्डेबेसीमा सवारी आवागमनमा अवरोध गरेका छन् । सडक अवरोधका कारण यातायात ठप्प छ ।

‘पैसा छैन, कसरी खाने, कसरी औषधि किन्ने ’
टिपर दुर्घटनामा परी मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेहरूले ३ दिनदेखि खाना र नास्ता नपाएको गुनासो गरेका छन् । अस्पतालमा पुगेका मन्त्री हरिबहादुर चुमानको टोलीसँग उनीहरूले यस्तो दुखेसो पेखेका हुन् । घाइते ऋषे घर्तीका भतिज तीलबहादुर घर्तीले बिरामी र कुरुवालाई बिहान–बेलुका खानसमेत समस्या रहेको सुनाए । ‘क्यान्टिनमा खान दिन्नन्, बाहिर औषधि किन्नुपर्छ, त्यसको समेत पैसा पाएका छौनौँ,’ उनले भने ।

दूधेबालक काखी च्यापेकी घाइते विमल घर्तीकी श्रीमतीले ३ दिनसम्म खाना नखाएको सुनाइन् । ‘बिहान–बेलुका खाना र खाजा दिने भनेका थिए,’ उनले भनिन्, ‘पहिले दिएका थिए, अहिले ३ दिन भयो, भोकै बसेका छौँ । बाहिरबाट किन्न पैसा छैन ।’

टिपर दुर्घटनाका घाइतेलाई राहत
कास्की मुस्ताङकोे लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा २१ असारमा भएको टिपर दुर्घटनाका घाइतेलाई सहयोग रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारको आग्रहमा जिल्ला प्रशासन कार्यालय कास्कीले घाइतेलाई जनही २५ हजारका दरले सहयोग रकम प्रदान गरेको हो ।

मणिपाल शिक्षण अस्पतालमा पुगेर आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सो रकम हस्तान्तरण गरेका हुन् । सो क्रममा मन्त्री चुमानले घाइते र घाइतेका आफन्तका गुनासा सुनेका थिए । गुनासाको तुरुन्त सम्बोधन गर्ने उनले आस्वासन दिए ।

टिपर दुर्घटनामा परी घाइते भएका सबै १२ जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो । त्यसमध्ये धादिङका १६ वर्षीय सागर मगर, रोल्पाका ३७ वर्षीय ऋषे घर्तीमगर, झापाका २३ वर्षीय दीपेश माझी, रोल्पाका विष्णु पुन, रोल्पाका सुकबहादुर पुन, विमल घर्ती र सुनसरीका खुमवीर पुनलाई नगद सहयोग प्रदान गरिएको हो । अन्य पाँचजना भने उपचार पश्चात् घर फर्केको अस्पतालले जनाएको छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);