काम खोज्न दैनिक हजार नेपाली भारतमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

काम खोज्न दैनिक हजार नेपाली भारतमा

yuba bidesh

काठमाडौं, ८ साउन । कामको खोजीमा दैनिक एक हजार नेपाली भारत जाने गरेका छन् । बाँकेको जमुनाहा नाकाबाट युवा मात्र होइन, महिला तथा ज्येष्ठ नागरिकसमेत भारत गइरहेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार एक हप्तायता जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, रुकुम, जाजरकोट, रोल्पा, दाङ, प्युठानबाट कामको खोजीमा दैनिक एक हजार भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक अनिल शाहले कामका लागि धेरै भारत जाने गरेकाले नेपालीको रेकर्ड राख्न कठिन भएको बताए । उनले हुल बाँधेर पहाडी र हिमाली भेगका नेपाली कामको खोजीमा भारत पलायन हुने गरेको बताए ।

एक हुलमा कम्तीमा १५–२० जना भारत पस्ने गरेको सइ शाहले बताए । उनले भने, ‘युवाको समूह हुल बाँधेर भारत जान लागेको देख्दा मन खिन्न हुन्छ ।’ कामका लागि भारत जाने र फर्किनेलाई लक्षित गरी यातायातका साधनसमेत बढेका छन् । स्वर्गद्वारी यातायात प्रालिले यात्रुको चाप बढेपछि सवारीसाधन थपेको छ । कामको खोजीमा भारत जाने नेपालीको संख्या बढेपछि पाँचवटा ‘हायस’ थप गरेको प्रालिका अध्यक्ष दीपकराज चन्दले बताए ।

उनले हिमाञ्चल प्रदेशको सिमलामा स्याउ टिप्ने सिजन भएकाले कामको खोजीमा भारत जाने नेपालीको संख्या तीन गुणाले बढेको बताए । ‘हामीले दैनिक दुईवटा हायस सिमला क्षेत्रका लागि सञ्चालन गर्दै आएका थियौँ, एक हप्तायता दैनिक सातवटा पठाउँदासमेत अपुग भएको छ,’ चन्दले भने । प्रालिले सञ्चालन गरेका हायसका साथै दाङबाट दुईवटा यात्रुबाहक बस र भारतको रुपडिहाबाट प्रत्येक घन्टा रोडवेज बस छुट्ने गरेको छ । कपिपय सवारीसाधन नपाएर सिमला जाँदै गरेका नेपाली फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज शाहले बताए ।

लुटिन रोकिए नेपाली यात्रु
कामको खोजीमा भारत जानेहरूलाई लक्षित गरेका सवारीसाधनले यात्रुलाई गन्तव्यसम्म पुर्याउन थालेपछि ठगिने र लुटिने क्रम घटेको प्रहरीले जनाएको छ । हरेक हप्ता नेपाली भारतमा लुटिएको, ठगिएको सूचना आए पनि अहिले यस्तो समस्या नआएको जमुनाहा प्रहरी प्रमुख शाहले बताए । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);