प्रदेश–७ का युवा रोजगारीको खोजीमा भारततर्फ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रदेश–७ का युवा रोजगारीको खोजीमा भारततर्फ

तेज बोहरा, कैलाली
कैलाली, १६ भदौ । बर्खे खेती सकिएसँगै प्रदेश ७ का जिल्लाबाट युवाहरु रोजगारका लागि भारत जान थालेका छन् । खेतीबाट मात्र गुजरा चलाउन कठिन हुनेभएपछि मजदुरहरु रोजगारका लागि भारत जाने गरेका हुन् । एउटा नाकाबाट मात्रै दैनिक एक हजारको हाराहारीमा मजदुर भारत जाने गरेका छन् ।

प्रदेश नम्बर ७ को विभिन्न नाकामा नेपाली मजदुरको आजभोलि भारत जानेको लर्को देखिन्छ । बर्खे खेती सकिएसँगै रोजगारका लागि भारत जान लागेका मजदुरहरुको नाकामा लर्को लागेको हो ।

यहाँका युवा बर्सेनि खेतीको समयमा नेपाल आउने र त्यसपछि भारत जाने गरेका छन् । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजार भन्दा धेरै नेपाली रोजगारका लागि भारत जाने डोके बजार चेक पोष्टले जनाएको छ । देशमा रोजगार नभएकाले बाध्य भएर भारत जानु परेको उनीहरुको भनाइ छ ।

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डा चौकी, बैतडीको झुलाघाट र दार्चुलाको जौलजीवि, दत्तु, खलङगा नाकामा मजदुरहरु भारत जाने गरेका छन् । पछिल्लो समय रोजगारका लागि भारत जाने महिलाको संख्या पनि बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);