रोजगारीको खोजीमा दैनिक १ हजार युवा भारत जान बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रोजगारीको खोजीमा दैनिक १ हजार युवा भारत जान बाध्य

YUVA

तेज बोहरा
कैलाली, १८ साउन
। बर्खे खेती सकिएसँगै प्रदेश ७ को जिल्लाबाट रोजगारका लागि भारत जान थालेका छन् । खेतीबाट मात्र गुजारा चलाउन कठिन हुने भएपछि मजदुरहरु रोजगारका लागि भारत जाने गरेका हुन् । एउटा नाकाबाट मात्रै दैनिक एक हजारको हाराहारीमा मजदुर भारत जाने गरेका छन् ।

प्रदेश नम्बर ७ को विभिन्न नाकामा नेपाली मजदुरको आजभोलि लर्को देखिन्छ । बर्खे खेती सकिएसँगै रोजगारका लागि भारत जान लागेका मजदुरहरुको नाकामा लर्को लागेको हो । खेतीपातीबाट मात्र गुजरा चलाउन कठिन हुनेभएकाले उनीहरु रोजगारका लागि भारत जाने गरेका छन् ।

बर्सेनि खेतीको समयमा नेपाल आउने र त्यसपछि भारत जाने गरेका छन् । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजार भन्दा धेरै नेपाली रोजगारका लागि भारत जाने डोके बजार चेक पोष्टले जनाएको छ । देशमा रोजगार नभएकाले बाध्य भएर भारत जानु परेको उनीहरुको भनाइ छ ।

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डा चौकी, बैतडीको झुलाघाट र दार्चुलाको जौलजीवि, दत्तु, खलङगा नाकामा मजदुरहरु भारत जाने गरेका छन् । पछिल्लो समय रोजगारका लागि भारत जाने महिलाको संख्या पनि बढेको छ । मजदुरहरुले चुनावको समयमा जनाएको प्रतिबद्धता अनुसार देशमै रोजगारको अवसर सृृजना गर्न सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);