बैतडी र बझाङका युवाहरु रोजगारका लागि भारत जान बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बैतडी र बझाङका युवाहरु रोजगारका लागि भारत जान बाध्य

बासुदेव बडू
दार्चुला, १७ चैत । बैतडी र बझाङका युवाहरु रोजगारका लागि छिमेकी देश भारत जान बाध्य छन् । देशमा रोजगार नपाएपछि उनीहरु भारत जान बाध्य भएका हुन् । देशमै रोजगारको अवसर सृजना गर्न युवाहरुले माग गरेका छन् ।

राज्यले देशमै रोजगार सृजना गर्ने भाषण गरेपनि सुदुरपश्चिमको पहाडी जिल्ला बैतडी र बझाङका युवाहरु रोजगारका लागि भारत जान बाध्य छन् । देशमा रोजगारको अवसर नहुँदा गुजरा चलाउनको लागि विदेशी भूमी जानु परेको युवाहरुको गुनासो छ ।

रोजगारका लागि भारत पुगेका नेपाली मजदुरहरुलाई भारतीय नागरिक र प्रशासनले दुख दिने गरेको उनीहरुको गुनासो छ ।

गउँमा खेतीबाट मात्र घर परिवार चलाउन कठिन भएकाले रोजगारका लागि भारत जानुपर्ने बाध्यता रहेको मजदुरहरुको भनाई छ । निर्वाचनको समयमा रोजगारको आश्वासन दिने तर विजयी भएपछि आफ्नो स्वार्थमा मात्र नेताहरुले काम गरेको मजदुरहरुको गुनासो छ ।

खेतीको काम सकेर थप आय आर्जनका लागि ६ महिना बैतडी र बझाङका मजदुर भारत जाने र विषु जात्राको समयमा नेपाल फर्किने गरेका छन् । उनीहरुले आफ्नै भूमिमा रोजगारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);