छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

motercycle durghatana

काठमाडौं, १८ चैत । बाराको कोल्हबी नगरपालिका-१ निकासमा ना।५४ प ६८५१ नम्बरको मोटरसाइकल र ज ७ प ६०३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा ना. ५४ प ६८५१ नम्बरको मोटरसाइकल चालक कोल्हबी नगरपालिका-६ अधनवा बस्ने १८ वर्षीय बिकाश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय रामचन्द्र चौधरीको पारस अस्पताल कोल्हबीमा उपचार भइरहेको छ । हाल फरार ज. ७ प ६०३६ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै चितवन माडी नगरपालिका-१ सेरुवास्थित सडकमा ना.४ च ७९५५ नम्बरको बलेरोमा ना.४६ प ८६२८ नम्बरको मोटरसाइकल ठोकिएर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१७ वनगाई बस्ने ३५ वर्षीय मिन बहादुर महतोको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै काभ्रेको मण्डनदेउपुर नगरपालिका-६ सिपाघाटस्थित सडकमा बा. २७ प ४९०२ नम्बरको मोटरसाइकललाई बा.५ ख ३३०३ नम्बरको टिपरले मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१२ भिमटार बस्ने २५ वर्षीय शुरेस दनुवारको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);