सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं, १ भदौ । महोत्तरी, धनुषा र नवलपरासी (पश्चिम) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । महोत्तरी बलवा नगरपालिका-८ पानी टंकीस्थित सडकमा ज ११ प १३८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक एकडारा गाउँपालिका(३ भटौलिया बस्ने ३० वर्षीय ललित ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै धनुषा सबैला नगरपालिका-१३ रघुनाथपुरमा ना ४७ प २१२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१३ सिन्टा टोल बस्ने ३० वर्षीय सुरेन्द्र दनुवारको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१० धुर्ब टोलमा बा १९ च ३५६० नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ सुनटाँडी बस्ने ६७ वर्षीय ढालप्रसाद गौतमको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चिसापानी बर्दघाट नवलपरासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);