काठमाडौं उपत्यका विकास प्राधिकरणको नयाँ प्रस्तावित चार शहर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

काठमाडौं उपत्यका विकास प्राधिकरणको नयाँ प्रस्तावित चार शहर

काठमाडौं, १ भदाै । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका ४ स्थानमा नयाँ शहर निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । उपत्यकाका ३ जिल्लाका ४ स्थानमा नयाँ शहर निर्माणको प्रस्ताव अघि बढाएको हो ।

प्रस्तावित नयाँ शहर ५ वर्षमा निर्माण हुने भएका छन्। ती मध्ये एउटा बृहतर शहर ७ वर्षमा निर्माण सम्पन्न गर्ने गुरुयोजना अघि सारिएको हो । तर, स्थानीय सरकार र प्राधिकरणबीचको विवादकाबीच प्रस्तावित शहरको विषय अधुरै छ ।

काठमाडौं उपत्यकामा नयाँ शहर बसाउन भन्दै काठामडौ उपत्यका विकास प्राधिकरणले प्रस्ताव अघि बढाएको छ । आधुनिक र सुविधा सम्पन्न शहर बनाउने लक्ष्यका साथ अगाडि बढाइएको स्मार्ट सिटका ४ वटै परियोजनाको बिस्तृत सम्भाव्यता अध्ययन डीपीआर सकिएको छ ।

काठमाडौं उपत्यकामा ४ दिशामा ४ वटै नयाँ शहर बनाउने जिम्मा प्राधिकरणले पाएको छ । जस मध्ये सबैभन्दा ठूलो नयाँ शहर ईशान उत्तरपूर्व दिशातर्फ काठमाडौको मुलपानी क्षेत्रमा १ लाख रोपनी क्षेत्रमा फैलने गरी प्रस्ताव गरिएको छ ।

त्यस्तै नैरित्य दक्षिण पश्चिम दिशातर्फ ललितपु्रको सैबु क्षेत्र आग्न्य दक्षिण पूर्वी दिशातर्फ भक्तपुरको सुर्यविनायक क्षेत्र प्रस्ताव गरिएको छ । त्यसैगरी उत्तर दिशातर्फ काठमाडौको टोखा क्षेत्र १०/१० हजार रोपनी क्षेत्रफमा नयाँ शहर बनाउने प्रस्ताव गरिएको छ । डीपीआर तयार भएको छ । करिब ५ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको नयाँ शहरको लागि तयार भएको डीपीआर मन्त्रिपरिषद् अध्ययनको क्रममा रहेको छ ।

अहिले अव्यवस्थित शहरीकरणका कारण काठमाडौं अस्तव्यस्त बनेको छ। यी नयाँ शहरमा बसोबास, बजार, बैंक वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, कलकारखाना, सडक आदि सबै व्यवस्थित हिसाबले बनाइने प्राधिकरणको दाबी छ ।

नयाँ शहर वातावरणमैत्री हुने पनि दाबी गरिएको छ। ३ वटा नयाँ शहरका लागि प्रत्येक शहर निर्माणका लागि २५ अर्ब लागत अनुमान गरिएकोे छ । त्यस्तै १ लाख रोपनीमा निर्माण हुने बृहत्तर शहरका लागि २ खर्ब ८६ अर्ब अनुमानित रकम छुटाएको छ । उपत्यकामा नयाँ तथा बृहत्तर शहर बनाउन उपत्यका विकास प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । प्राधिकरण अघि बढाएको आयोजना सकारात्मक नै होला । तर,काठमाडौ उपत्यकाको जनघनत्व अत्याधिक भैरहेको बेला नयाँ शहरले उपत्यकाको चाप अझै बढ्नेछ । यसर्थ, नयाँ शहरको विषयमा स्थानीय, प्रदेश, संघीय सरकारसंगै प्राधिकरणबीच साझा धारणा बन्न आवश्यक छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);