रातो मत्स्येन्द्रनाथमा पूजा आजा गर्नेको भिड | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

रातो मत्स्येन्द्रनाथमा पूजा आजा गर्नेको भिड

काठमाडौं, १ भदौ । कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँ मै पुगेर पूजाआजा गरेका छन् । साउन १० गते नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको सुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो ।

रथमा बिराजमान गराएको चार दिन पछि रथजात्रा गर्नुपर्ने भएपनि कोरोना संक्रमणको जोखिमका कारण रथजात्रा रोकिएको थियो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने प्रचलन रहेको छ । तर यस वर्ष कोभिड—१९ का कारण ढिला गरी राथारोहण गराइएपनि रथजात्रा निकालन सकिएको छैन् ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत नाग पञ्चमिको दिन परेको थियो । सोही दिन नै मत्स्येन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो । तरपनि रथजात्रा निकाल्न नसकिएपछि स्थानीयहरु पुल्चोकस्थित रथारोहण गराइएको ठाउँमै पुगेर दैनिक पूजाआजा गर्दै आएका छन् । यसरी पूजाआजा गर्न जाने भक्तालुहरु बढ्दै गएपछि हिजो आज भिडभाड देखिएको छ ।

कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यान दिएर २० जना भन्दा बढीलाई सहभागि हुन नदिई राथजात्रा गराउने भनिएको थियो । तर मानिसहरुको उल्लेख्य सहभागिता हुने सम्भावना भएपछि रथजात्रा रोकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);