गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड

काठमाडौं, १३ वैशाख । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाःबहाल पु¥याइएको छ ।  रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पु¥याइएको हो ।

आज गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ । सोमवारबाट रथ यात्रा शुरु भएको थियो । तर सोही दिन गाःबहाल पु¥याउनुपर्ने भएपनि मंगलवारमात्रै गाःबहाल पु¥याइएको हो । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् । जावलाखेल पु¥याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । हरेक दिन रथ तानेर पु¥याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ ।

यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमवारबाट रथयात्रा शुरु गरिएको हो । आज बुधवार बिहानै गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);