रातो मच्छिन्द्रनाथको भोटो जात्रा : आठ पाथी चामलको भात पकाएर चढाईँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रातो मच्छिन्द्रनाथको भोटो जात्रा : आठ पाथी चामलको भात पकाएर चढाईँदै

काठमाडौं, १० जेठ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा अन्तर्गत आज आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाईँदै छ । सोमवार रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याएपछि रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ । आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिनेछ ।

हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने गरिन्छ । पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ ।

नेपालभाषामा जा भनेको भात र व्हला भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ । बिहीबार भोटो देएपछि गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यस वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा सकिनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);