माउन्टेन टेलिभिजनका संवाददाता दिवाकर साह सप्तरी प्रहरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माउन्टेन टेलिभिजनका संवाददाता दिवाकर साह सप्तरी प्रहरीमा

काठमाडाैं, ३२ साउन । माउन्टेन टेलिभिजन सप्तरी संवाददाता दिवाकर साह सप्तरी प्रहरीमा पुगेका छन् । सप्तरीमा भएका अनियमितताको विषयमा समाचार संप्रेशण गरेको विषयमा प्रहरीले सोधपुछ गर्न भन्दै बोलाएपछि साह प्रहरीकहाँ पुगेका हुन् ।

सप्तरी सम्वाददाता साहले राजनीति र पत्रकारको आवरणमा सप्तरीका विकास आयोजना अनियमितिता भएको विषयमा समाचार संप्रेशण गरेका थिए । जिल्लामा भइरहेका दर्जनौ आयोजनामा जिल्लाका पार्टी नेता ठेकेदार र जिल्लामा कहलिएका पत्रकारहरु समेत संलग्न भएको समाचार प्रशारण भएको थियो ।

पछिल्लो पटक दिवाकर साहले जिल्लाको आयोजना र आइसोलेसनको विषयमा समाचार प्रशारण गरेको विरुद्ध उजुरी परेकोले नियन्त्रणमा लिएको सप्तरी प्रहरी प्रमुख कृष्ण प्रसाईँले बताउनु भएको छ ।संघीयतापछि प्रदेश २ मा अनियमितता र भ्रष्टचारका दर्जनौ मुद्दाहरु छन् ।

अख्तियारले समेत गरेका अधिकांश स्टीङ अप्रेशन प्रदेश २ अघि रहेको छ । महालेखा परीक्षकको ५७ औ प्रतिवेदनमा समेत धेरै बेरुजु हुनेमा प्रदेश २ अगाडि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);