मधेश बन्दका कारण सप्तरीको जनजिवन प्रभावित, सरकारी कार्यालय पनि ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मधेश बन्दका कारण सप्तरीको जनजिवन प्रभावित, सरकारी कार्यालय पनि ठप्प

दिवाकर साह ,११ फागुन राजविराज ।
संविधान संशोधन नगरी सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधबार गरेको मधेश बन्दका कारण यहाको जनजिवन नराम्ररी प्रभावित बनेको छ । सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाका हनुमाननगर, भारदह, शम्भुनाथ, कनचंनरुप र कठौनालगायतका प्रमुख बजार

मधेश बन्दका कारण सप्तरीको जनजिवन प्रभावित

दिवाकर साह ,११ फागुन राजविराज । संविधान संशोधन नगरी सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधबार गरेको मधेश बन्दका कारण यहाको जनजिवन नराम्ररी प्रभावित बनेको छ । सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाका हनुमाननगर, भारदह, शम्भुनाथ, कनचंनरुप र कठौनालगायतका प्रमुख बजार पुर्णरुपमा बन्द रहे । फाटफुट रुपमा  खुलेका पसलहरु पनि मोर्चा कार्यकर्ताले बन्द गराएका थिए । बन्दको अवज्ञा गर्दे कार्यालय संचालनमा ल्याएको भन्दै मोर्चा कार्याकर्ताले राजविराज नागरपालिका कार्यालयमा ढुंगामुडा गरेका छन् ।

ढुंगामुडाबाट उक्त कार्यालयको लेखा र प्रशासनफाटको झयालको सिसाहरु फुटेका छन् । बन्दका कारण जिल्लाका प्रमुख बजारहरुबाट चल्ने लामो तथा छोटो दुरीका यातायातका कुनै साधन चलेनन् । फाटफुट रुपमा मोटरसाइकल भने चलेका थिए । शैक्षिक संस्था, व्यापारीक प्रतिष्ठान र सरकारी कार्यलयहरु  पनि ठप्प रहे । बजारका चौक चौकमा बिहानै देखि सरकार विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेका  मोर्चा कार्याकर्ताले सरकारीकार्यालय समेत बन्द गराउदा सेवाग्राहीहरु निराश भई फर्केका थिए । बन्दकर्ताले पत्रिका र दुध बोक्ने गाडी, एमबुलेन्स तथा अधिकारकर्मी र संचारकर्मी चढेको गाडीलाई भने कुनै अबरोध गरेनन् ।

मोर्चाका नेताहरुले ठाउँ ठाउँमा विरोद्ध सभा गर्दे मधेशको मांग सम्बोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नदिने र जबरजस्ती गरिए कडा प्रतिकार गर्दे चेतावनी दिए । यता यातायात व्यवसायी बसन्त कुमार साहले मधेश आन्दोलनले आफुहरुको व्यवसयी संकलटमा पारेको गुनासो गर्दै समस्या साधान वार्ताबाट खोज्नु पर्नेमा जोड दिए । उनले भने, मोर्चाले आन्दोलनको नौटंकी बन्द गरी वार्ताको माध्यमबाट सामानधनको प्रयास र नयाँजनादेशका लागि निर्वाचनमा जानु नै बुद्घिमानी हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);