फागुन महिना खाद्य स्वच्छता दिवसको रुपमा मनाईदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फागुन महिना खाद्य स्वच्छता दिवसको रुपमा मनाईदै

विवेक विश्वकर्मा
भैरहवा, १० फागुन । खाद्य प्रविधि तथा गुण नियान्त्रण बिभाग काठमाण्डौले फागुन महिना भर नवौं खाद्य स्वच्छता दिवसको रुपमा मनाउने भएको छ । सोही अनुरुप क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले पनि फागुन १०, ११ र १२ गते बिभिन्न कार्यक्रम गरि दिवस मनाउने भएको छ ।

फागुन महिना खाद्य स्वच्छता दिवसको रुपमा मनाईदै

विवेक विश्वकर्मा
भैरहवा, १० फागुन । खाद्य प्रविधि तथा गुण नियान्त्रण बिभाग काठमाण्डौले फागुन महिना भर नवौं खाद्य स्वच्छता दिवसको रुपमा मनाउने भएको छ । सोही अनुरुप क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले पनि फागुन १०, ११ र १२ गते बिभिन्न कार्यक्रम गरि दिवस मनाउने भएको छ ।

कार्यालयले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि फागुन १० गते दिवसको बारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने, ११ गते नियामक निकायहरु बिच अन्तरक्रिया कार्यक्रम गर्ने र १२ गते “स्वच्छ र पोषिलो खाना, स्वस्थ जिवन हाम्रो चाहना” भन्ने शिर्षकमा अन्तरबिद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने कार्यालय प्रमुख हस्त बहादुर राईले बताए ।

यसै गरि पत्रकार सम्मेलन मार्फत कार्यालयले चालु आर्थिक बर्षमा गरेको ७ महिनाको कार्य प्रगति समेत सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षमा रुपन्देहीमा १८ वटा, कास्कीमा ७ वटा र नवलपरासीमा २ वटा गरि २७ वटा बिभिन्न खाद्य उत्पादकहरु माथि मुद्दा चलाईएको कार्यालय प्रमुख राईले जानकारी दिए । चालु आर्थिक बर्षमा ४२ वटा मुद्दाहरु अनुसन्धानका क्रममा रहेको बताए पनि कति वटा मुद्दामा कार्यवाही भयो भन्ने बिषयमा कार्यालयले स्पष्ट पार्न सकेन ।

यसै गरि भारतबाट आयात हुने खाद्यबस्तुहरुको नमूना परिक्षण गर्दा दलहनको २१ वटा बिस्कुट वेफरको ७, दालमोठ, भुजिया तथा स्न्याक्स फुड्स ६ वटा र चक्लेटका ५ वटा ब्राण्ड खाद्य ऐन अनुसार नदेखिएको कारण उनिहरुको आयातमा रोक लगाईएको क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका सूचना अधिकारी बिक्रम लिम्बुले जानकारी दिए ।

पश्चिम क्षेत्रका १६ वटा जिल्ला हेर्ने गरेको क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले फितलो कानून तथा न्यून जनशक्तिको कारण अनुगमनलाई प्रभावकारी बनाउन नसकेको गुनासो गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);