अनेमसंघले शनिबार वृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अनेमसंघले शनिबार वृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने

काठमाडौं, २८ फागुन । अखिल नेपाल महिला संघ( अनेमसंघ)ले १ सय ११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भोली शनिबार वृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने भएको छ ।

अनेमसंघले शुक्रबार पत्रकार सम्मेलन गरि भेला बारे जानकारी गराएको हो । भेलामा मुलुकभरबाट दश हजार अगुवा महिला कार्यकर्ताहरु सहभागी हुने अपेक्षा अनेमसंघले लिएको छ । भेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

“संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ गर्न लागिएको भेलाले महिला हक हिन तथा समानता र हिंसा मुक्त समाज निर्माणका लागि विभिन्न ५ बुँदे घोषणा पत्र जारी गर्ने अनेम संघकी सचिव सुजीता शाक्यले जानकारी दिईन ।

अनेमसंघको संयोजनमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरिनुको साथै यही फागुन २४ गते संघीय राजधानी काठमाडौंमा र्‍याली तथा सभा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);