साढे २ किलो बहुमूल्य युरेनियमसहित ४ जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साढे २ किलो बहुमूल्य युरेनियमसहित ४ जनालाई पक्राउ

काठमाडौं, २८ फागुन । प्रहरीले साढे २ किलो बहुमूल्य धातु युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राउ परेका ४ जनालाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछाप कै २० वर्षीया प्रकाश चौहान, ४० वर्षीय नारायणसिंह तामाङ र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको काठमाडौं उपत्यकका प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई अहिले ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको पनि प्रहरीले बताएको छ ।

नेपालमा युरेनियमसहित पक्राउ परेको यो पहिलो घटना हो । प्रहरीका अनुसार बरामद भएको युरेनियमको मूल्य ५ अर्ब भन्दा बढी हुन आउँछ ।

बरामद भएको धातु युरेयिम नै रहेको खुमलटारस्थित नास्टको प्रयोगशालाले प्रमाणित गरेको हो । प्रहरी प्रशोधन नगरिएको २३८ युरेनियम बरामद गरेको हो । प्रशोधन नगरिएको अर्को प्रकारको युरेनियमलाई युरेनियम २३५ भनिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);