अवैध लागूऔषध सहित ९ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अवैध लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न ठाउँबाट ९ जना प्रहरीले पक्राउ गरेका छन् ।

कास्की जिल्ला पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब २.१ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१ बस्ने २ जना १८ वर्षीय किशोरलाईमंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बा.५ ख ६०८८ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै झापा जिल्लाकाे विर्तामोड नगरपालिका-५ जात्रुबारीबाट ३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका-१ चारपानेबाट ४ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ बस्ने देवी
तामाङ र सोही नगरपालिका-५ बस्ने २१ वर्षीया सिता खतिवडा रहेका छन् ।

त्यस्तै मोरङ जिल्ला काे बेलबारी नगरपालिका-१० भाउन्ने चोकबाट नियन्त्रित लागूऔषध ७ सय पीस प्रमाडोल र ७ सय पीस स्पास्पेन सहित ३ जानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-१ का २४ वर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका-४ का २९ वर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका-४ का २९ वर्षीय बिशाल राई रहेका छन् ।

प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित झापाली होटलमा बसेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);