धरानमा १० दिन लकडाउन गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धरानमा १० दिन लकडाउन गर्ने निर्णय

विनोद आचार्य,
सुनसरी । धरानमामा दश दिन लकडाउन हुने भएको छ । हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस धरानमा पनि समुदाय स्तरमा नै फैलिरहेको भन्दै दश दिन लकडाउन हुने भएको हो ।

समुदाय स्तरमा कोरना भाइरस फैलिरहेको र यसलाई रोकथामका लागि भदौ ४ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म १० दिन कडाइका साथ लकडाउन गर्ने डी.सी.सी.एम.सीले निर्णय गरेको छ ।

यसअघि धरानका क्रियाशील राजनीतिक दलहरूले कोरोना संक्रमित र मृत्युदरको संख्या उच्च भएको भन्दै लकडाउन गर्न संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका थिए ।

यस्तै, विज्ञहरूले समेत लकडाउन गर्न सुझाब दिएका थिए । लकडाउनको समयमा औषधी पसल र दुग्धजन्य पदार्थ (पसल नखोली) मात्र बिक्री वितरण गर्न पाउने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);