नेपालगञ्जमा आजबाट दोसो चरणको लकडाउन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपालगञ्जमा आजबाट दोसो चरणको लकडाउन

निशा शाह,
नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा आजबाट दोसो चरणको लकडाउन सुरु भएको छ । तिव्ररुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नेपालगन्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको हो ।

यो निर्णयसंगै वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म नेपालगन्ज लकडाउन हुने भएकोछ । यसअघि मङ्गलबार दिउँसो सर्वपक्षिय सर्वदलिय बैठकमा बाँके जिल्लामा कोरोना संक्रमणको ‘साङलो’ तोड्न लकडाउन गर्नुपर्ने छलफल भएको थियो ।

बैठकमा कोरोना संक्रमणका कारण अस्पताल भरिभराउ भएको र लकडाउन बाहेक अर्को विकाल्प नभएको सर्वपक्षिय सुझाव दिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विहीबारदेखि लकडाउन हुने जानकारी दिएका हुन् ।

पहिलो चरणमा एक साता लकडाउन गरिने र त्यसपछि आवश्यकता अनुसार थप गर्न सकिने प्रजिअ गेलालले बताए । कोरोना विरामीको उपचार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मात्र भैरहेकोछ । यी अस्पतालले कोरोना विरामी राख्न ठाउँ नभएको र लकडाउन गरि सम्पूर्ण प्रवन्ध मिलाउन बैठकमा आग्रह गरेपछि चौतर्फीरुपमा कोरोना नियन्त्रण गर्न लकडाउन नै गर्नुपर्ने निस्कर्षमा सबै पुगेका थिए ।

लकडाउन अवधिभर लामो दूरीका सवारी साधनदेखि मान्छे समेत सडकमा हिँडडुल गर्न पाउने छैनन् । खाद्यान्न किनमेल गर्न र अत्यावश्यक काममा हिँड्न भने पाइनेछ । बाँकेका एसपी ओमबहादुर रानाले लकडाउन पूर्णरुपमा कडाई गरि अनुमति बाहेकका सबै कुराहरुमा पूर्णरुपमा रोक लगाईने बताए ।

प्रजिअ गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);