भारतमा मे ३ सम्मका लागि लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतमा मे ३ सम्मका लागि लकडाउन

modi lockdown

एजेन्सी, २ वैशाख । भारतमा लकडाउनको अवधि ३ मे सम्ममा लागि बढाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लकडाउन बढाउने निर्णय गरेका हुन् ।

विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । अहिले अपनाइएको कदम नै भारतका लागि सहि भएको बताउँदै प्रधानमन्त्री मोदीले आर्थिक दृष्टिबाट हेर्दा लकडाउन निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग तुलना यसलाई नसकिने बताए ।

भारतले कोरोना संक्रमण बढ्नुभन्दा पहिले नै शतर्कता अपनाएको उनको भनाई थियो । विश्वका अन्य शक्तिशाली मुलुकका तुलनामा कोरोना महामारी विरुद्ध लड्न भारतले गरेको प्रयास राम्रो रहेको मोदीको दावी छ ।

यसअघि भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको थियो । जुन आज सकिदैछ । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन बढाउन राज्य सरकारहरुले माग गरेका थिए । केही राज्यले आफै लकडाउन बढाइसकेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);