कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा बिहीबारदेखि लकडाउन घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा बिहीबारदेखि लकडाउन घोषणा

एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा बिहीबारदेखि लकडाउन घोषणा गरिएको छ । महाराष्ट्रमा विशीकार राती ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन घोषणा गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

लकडाउनका समयमा सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारी मात्र काममा रहने व्यवस्था मिलाइएको महाराष्ट्र सरकारले जनाएको छ । विवाह महोत्सव २५ जनाको समुहमा २ घण्टा मात्रउपस्थित हुन पाउने प्रावधान तय गरिएको छ ।

साथै एक जिल्लाबाट अर्को जिल्लामा कोही पनि आवतजावत गर्न नपाइने नियम लागु गरिएको छ । महाराष्ट्र राज्यमा एकैदिन ६७ हजार भन्दा बढी कोरोना संक्रमित पुष्टी हुनुका साथै ५ सय बढीको मृत्यु भएपछि त्यहाँ लकडाउन गरिएको महाराष्ट्र राज्य सरकारले जनाएको छ । यसैबीच महाराष्ट्रमै अक्सिजन ट्यांक लिक हुँदा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जकिर हुसेन नगर अस्पतालमा बिरामीले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको बताइएको छ । ट्यांकबाट अक्सिजन चुहावट हुँदा आधा घण्टासम्म अक्सिजन पाएका थिएनन् । सो अस्पतालमा मृत्यु हुने सबैजना भेन्टिलेटरमा रहेको बताइएको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै जाँदा बुधबार एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो । यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३ सय १० जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा दैनिक रुपमा २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएकै पनि यो ८औं दिन हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);