दिल्लीमा थप एकसाता लकडाउन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दिल्लीमा थप एकसाता लकडाउन

एजेन्सी । कोरोनाको दोश्रो लहरका कारण भयावह बनेको भारतको दिल्लीमा पुन एक साताका लागि लकडाउन थपिएको छ । दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले आइतबार मे १७ सम्मका लागि लकडाउन लम्ब्याइएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री केजरीवालले लकडाउनमा थप कडाई गरिने र सोमबारबाट मेट्रो रेल पनि बन्द गरिने बताएका छन ।

केजरीवालका अनुसार दिल्लीमा लकडाउनका कारण संक्रमणको चेन ब्रेक हुन थालेकाले लकडाउनअघि ३५ प्रतिशत रहेको संक्रमण दर हाल २३ प्रतिशतमा झरेको छ ।

भारतमासबैभन्दा बढी संक्रमित संख्या भएका राज्यहरुमा महाराष्ट्र, कर्नाटक, केरला, उत्तरप्रदेश र तमिलनाडुपछि दिल्ली रहेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा थप १७ हजार ३ सय ६४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);