दिल्लीमा सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई दुई हजार जरीवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

दिल्लीमा सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई दुई हजार जरीवाना

एजेन्सी, ४ मंसिर । भारतको दिल्ली सरकारले सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरीवाना गरिने बताएको छ । दिल्ली सरकारले बिहिबार मानिसहरुलाई कोरोना भाइरसको नियम पालना गराउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।

सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा ठूलो कमी आउन सक्ने दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको भनाई छ । केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको समेत दाबी गर्नुभएको भारतीय संचारमाध्यमले जनाएका छन ।

केजरीवालले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाउनुभएको थियो । केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार भएको जानकारी दिनुभएको जनाइएको छ ।

साथै दिल्लीले सार्वजनिक स्थलमा छठ पर्व मनाउन पनि रोक लगाएको छ ।केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गर्नुभएको छ । दिल्लीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);