दिल्लीमा थप एक साता लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दिल्लीमा थप एक साता लकडाउन

एजेन्सी । भारतको दिल्लीमा जारी लकडाउन थप एक साताका लागि लम्बिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् ।आइतबार केजरीवालले एक साताका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् ।

केजरीवालले दिल्लीमा अवस्थामा सुधार भइरहेको र कोरोना भाइरस संक्रमण तीव्र गतिमा घटिरहेको बताएका छन् । उनले भने, ‘हामी यो चाहँदैनौं कि सुधार हुँदै गरेको अवस्थामा, पुनः अवस्था खराब होस् । त्यसैले लकडाउन मे २४ को बिहान ५ बजेसम्मका लागि बढाइँदैछ । त्यतिबेलासम्म मेट्रो सेवा पनि बन्द हुनेछन् ।’

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको उल्लेख गरेका छन। उनले सबैलाई लकडाउनको पालना गर्न समेत आग्रह गरेका हुन् ।

पछिल्लो केही समय यता दिल्लीमा कोरोना संक्रमणमा उल्लेख्य कमी आएको छ । पछिल्लो २४ घण्टा दिल्लीमा ६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);