मलेसियामा जारी लकडाउन थप दुई साताका लागि बढाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मलेसियामा जारी लकडाउन थप दुई साताका लागि बढाईयो

एजेन्सी। मलेसियामा जारी लकडाउन थप दुई साताका लागि बढाइएको छ । कोरोना जोखिम कायम रहेको भन्दै मलेसियाका मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले दोस्रो चरणको लकडाउन जुन १५ देखि २८ सम्म जारी राख्ने घोषणा गरेका हुन् ।

लकडाउनमा अत्यावश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पूर्ण कामकाज बन्द नै रहनेछन् । लकडाउन थपिएसँगै बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन त्यहाँस्थित नेपाली दूतावासले सबैमा नेपाली समुदायलाई अपिल गरेको हो ।

लकडाउनको अवधिमा पनि दूतावासले नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै अत्यावश्यक र कन्सुलर सेवाको निम्ति दूतावास बिहान १० देखि दिउँसो ३ बजेसम्म बजे सम्मका लाखि खुल्ला गर्ने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);