सिड्नीमा लगाइएको लकडाउन एक साताका लागि थप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिड्नीमा लगाइएको लकडाउन एक साताका लागि थप

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक साताका लागि थप गरिएको छ । कोरोना भाइरसको जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

न्यु साउथ वेल्स सरकारले लकडाउनको कारण उत्पन्न दुःखबारे जानकार रहे पनि डेल्टा भेरियन्टको संक्रमण बढिरहेको भन्दै कठिन निर्णय लिनुपरेको बताएको छ । गत जुन २६ देखि सिड्नीमा लकडाउन जारी छ ।

कोरोनाको संक्रमित भेटिरहेको कारण सिड्नीमा जुलाई १६ सम्मका लागि फेरी लकडाउन जारी गरिएको हो । अहिले थप गरिएको लकडाउन सिड्नीका ५० लाखभन्दा धेरै बासिन्दाका लागि लागू हुनेछ ।

स्वास्थ्य पदाधिकारीहरुले मुलुकमा निकै कमले मात्र कोरोना खोप लगाएकाले संक्रमण नियन्त्रण गर्न लकडाउनको विकल्प नभएको बताएका छन् । अहिलेसम्म अष्ट्रेलियामा कुल जनसंख्याको करिब १० प्रतिशतले मात्र दुवै मात्राको कोरोना खोप लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);