अष्ट्रेलियाको सिड्नीमा अर्काे एक महिना थप लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अष्ट्रेलियाको सिड्नीमा अर्काे एक महिना थप लकडाउन

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा अर्काे एक महिनाका लागि लकडाउन थपिएको छ । कोरोना संक्रमण देखिएसँगै गत जुनदेखि सिड्नीमा जारी लकडाउन एक महिना थपिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । बुधबार न्यु साउथ वेल्स राज्यमा १ सय ७७ नयाँ संक्रमित फेला परेका छन् ।

दैनिक नयाँ संक्रमितको यो संख्या गत मार्चयताकै सबैभन्दा धेरै हो । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले खुकुलो गर्ने भनिएको लकडाउन अहिले एक महिनाको लागि थपिएको जानकारी दिए। अष्ट्रेलियाको भिक्टोरिया र साउथ अष्ट्रेलियामा भने बुधबारबाट लकडाउन हटेको छ ।

कोरोना महामारीको अधिकांश समय अष्ट्रेलियामा संक्रमितको संख्या तुलनात्मक रुपमा निकै कम देखिएको थियो । त्यसका लागि सरकारले सीमा बन्द गर्ने, बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्ने लगायतका व्यवस्था गर्दै संक्रमण नियन्त्रण गर्दै आएको छ ।

यद्यपि पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै अष्ट्रेलियामा संक्रमण बढेको हो । अधिकारीहरुले संक्रमणदर शून्यको हाराहारीमा नपुग्दासम्म लकडाउन खोल्न नसकिने बताएका छन् । यद्यपि पछिल्लो समय सिड्नीबासीहरुले भने लकडाउनको विरोध गर्दै आएका छन् ।्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);