भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ६ सय ५४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ६ सय ४० रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २२ हजार २२ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा तीन लाख ९९ हजार ४ सय ३६ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४१ हजार ६ सय ७८ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ६ लाख ६३ हजार १ सय ४७ पुगेको छ ।

भारतमा हालसम्म ४४ करोड ६१ लाख ५६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);