बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटायो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटायो

एजेन्सी । बेलायतले आफ्नो मुलुक प्रवेशका लागि युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध आगामी सोमबार अर्थात अगष्ट २ बाट हटाउन लागिएको हो । यदपी बेलायत प्रवेश गर्दा कोरोनाविरुद्ध दुवै डोज खोप लगाइसको हुनुपर्ने छ ।

युरोपियन मुलुकबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नु अघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।

यसका साथै युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले अब क्वारेन्टाइन भने बस्नु नपर्ने भएको छ । नयाँ नियमसँगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरुसँग भेट्न पाउने अवसर मिल्ने सरकारले जनाएको छ ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएको भन्दै सरकारले जनजीवन सामान्य बनाउन क्रमशः बाह्य मुलुकालागि लगाएको प्रतिबन्धहरु हटाउँदै लगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);