जर्मनीले नेपालसहित पाँच मुलुकमाथि लगाएको यात्रा प्रतिवन्ध हटाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जर्मनीले नेपालसहित पाँच मुलुकमाथि लगाएको यात्रा प्रतिवन्ध हटाउँदै

काठमाडौं । जर्मनीले नेपाललगायत अन्य चार मुलुकमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउने भएको छ ।

यसअघि कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको भन्दै जर्मनीले नेपालसहित पाँच मुलुकमाथि यात्रा गर्न प्रतिबन्ध लगाएको थियो ।

नेपालका लागि जर्मनी दूतावासका अनुसार जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला गर्न लागेको हो । यी राष्ट्रका नागरिकले आउने बुधबारबाट जर्मनीको यात्रा गर्न पाउने छन्।

जर्मनी जानका लागि कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएकाले क्वारेन्टिन बस्नु पर्ने छैन भने खोप नलगाएकाले भने १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । तर क्वारेन्टिनमा बसेको पाँचौ दिनभित्रै रिपोर्ट नेगेटिभ आए भने क्वारेन्टिनमा थप बस्नु नपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);