कोरोना खोपको वौद्धिक सम्पत्ती अधिकारका सम्बन्धमा अमेरिका र जर्मनी बीच मतभेद | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

कोरोना खोपको वौद्धिक सम्पत्ती अधिकारका सम्बन्धमा अमेरिका र जर्मनी बीच मतभेद

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोपलाई वौद्धिक सम्पत्ती अधिकारको दायरामा नराख्ने अमेरिकी प्रस्तावको जर्मनीले विरोध गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना भाइरसका बनेका खोपहरुको वौद्धिक सम्पत्ती हटाउने विषयमा समर्थन गर्न भनेपछि जर्मनीले यसको विरोध गरेको हो ।

खोप निर्माताहरुले तयार पारेको फर्मुला विश्वभर प्रयोग गर्न चाहनेलाई खुला गरिदिएर सकभर बढीभन्दा बढी मानिसहरुले लगाउन पाउन् भन्ने हिसाबबाट यस्तो निर्णय लिएको अमेरिकी दावी छ । तर जर्मनीले भने वौद्धिक सम्पती अधिकार अन्वेषण वा वैज्ञानिक खोजीको स्रोत रहेकाले त्यो कायम रहनु पर्ने मत राखेको छ ।

युरोपियन युनियनले भने यसबारे वार्ता गर्न तयार रहेको यसअघि नै बताएको थियो । विश्व व्यापार संगठन डब्ल्यु टी ओले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि वौद्धिक सम्पती सम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको छ । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकाले बताएपछि जर्मनीले विरोध गरेको हो ।

भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएको हो । यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरुको भनाई छ ।तर औषधि उत्पादकहरुले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शंका रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);