यी हुन् कोभिड–१९ बाट सबै भन्दाधेरै मृत्यु संख्या हुने दश देश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

यी हुन् कोभिड–१९ बाट सबै भन्दाधेरै मृत्यु संख्या हुने दश देश

एजेन्सी कोभिड-१९ बाट हालसम्म विश्वमा ३२ लाख ७० हजार भन्दा बढीको ज्यान गएको छ ।

संयुक्त राज्य अमेरिकामा ५ लाख ९४ हजार ६ जनाको ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउने देशको पहिलो नम्बरमा अमेरिका रहेको छ ।

यसको दोश्रो स्थानमा ब्राजिल रहेको छ । सबैभन्दा बढी संक्रमित भएको मुलुकको दोश्रो स्थानमा भारत भएपनि भारतमा मृत्यु हुनेको संख्या ब्राजिलमा भन्दा कम नै रहेको छ । ब्राजिल ४ लाख १७ हजार एक सय ७६ को संक्रमणका कारण मृत्यु भईसकेको छ ।

त्यसैगरी भारत २ लाख ३४ हजार ८८ को ज्यान गएसँगै तेस्रो स्थानमा छ ।

मेक्सिकोमा २ लाख १८ हजार १ सय ७३ जनाको ज्यान गएको छ । योसँगै मेक्सिको कोभिड–१९ बाट ज्यान गुमाउने देशको सूचीमा चौंथो स्थानमा छ ।

बेलायतमा हालसम्म १ लाख २७ हजार ५ सय ८३ जनाको ज्यान गएको छ । बेलायत कोभिडबाट ज्यान गुमाउने मुलुकको पाँचौं स्थानमा छ ।

इटाली १ लाख २२ हजार २ सय ६२ जनाको ज्यान गएसँगै छैटौं स्थानमा छ । रुसमा १ लाख १२ हजार २ सय ४६ जनाको ज्यान गएको छ । यससँगै रुस कोभिडबाट ज्यान गुमाउने देशको सूचीमा सातौं स्थानमा रहेको छ ।

फ्रान्स१ लाख ५ हजार ८ सय ५० जनाको ज्यान गएसँगै आठौं स्थानमा रहेको छ । त्यसैगरी जर्मनी ८४ हजार ८ सय ११ को ज्यान गएसँगै नवौं स्थानमा रहेको छ । ७८ हजार ७ सय २६ जनाको ज्यान गएको स्पेन कोभिड–१९ बाट ज्यान गुमाउनेको सूचीमा दशौं स्थानमा रहेको छ ।

सबै भन्दा पहिला कोभिड–१९ फेला परेको देश चीनमा भने हालसम्म ४ हजार ६ सय ३६ जनाको मात्रै ज्यान गएको छ । चीनमा गत जनवरी २६ देखि यता एक जनाको पनि ज्यान गएको छैन ।

हालसम्म चीनमा संक्रमित हुनेको संख्या ९० हजार ७ सय ३९ रहेको छ । जसमध्ये ८५ हजार ७ सय ९५ जना संक्रमण मुक्त भएका छन् ।

अहिले चीनमा सक्रिय संक्रमितको संख्या जम्मा ३ सय ८ जना रहेको छ । जसमध्ये चार जनाको अवस्था गम्भीर छ ।

चीनमा कोभिड–१९ को नियन्त्रणमा त्यहाँको कडा शासन, नियन्त्रित र अुनशासित नागरिक प्रमुख जिम्मेवार भएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । कोभिड नियन्त्रणमा त्यहाँको सरकारले चालेका कदम र उपायहरुलाई पनि नियन्त्रणको कारक मानिएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);