भारतमा दैनिक संक्रमित संख्या झन्डै २ लाख पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा दैनिक संक्रमित संख्या झन्डै २ लाख पुग्यो

एजेन्सी। भारतमा दैनिक कोरोना भाइरस संक्रमित हुनेको संख्या झन्डै दुई लाख पुगेको छ ।

कोरोनाको पछिल्लो लहर फैलिरहेको भारतमा दिनप्रति दिन संक्रमित संख्या उच्च हुँदै गईरहेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप एक लाख ९९ हजार ६ सय २० मा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये ५८ हजार ९ सय ५२ संख्या सहित महाराष्ट्र दैनिक उच्च संक्रमित हुने संख्याको आधारमा पहिलो स्थानमा छ ।

योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ४० लाख ७० हजार ८ सय ९० पुगेको छ । कुल संक्रमित संख्याको आधारमा हाल भारत विश्वको दोश्रो स्थानमा रहेको छ । दोश्रो स्थानमा रहेको ब्राजिललाई उछिनेर भारतमा दोश्रो स्थानमा आईपुगेको हो। पहिलो स्थानमा अमेरिका नै रहेको छ ।

यसैगरी भारतमा एकैदिन मृत्यु हुनेको संख्यामा पनि दैनिक बढी नै रहेको छ । भारतमा बुधबार संक्रमणका कारण एक हजार ३८ जनाले ज्यान गुमाएका छन् । यसअघि मंगलबार एक हजार ३५ जनाले ज्यान गुमाएका थिए ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ९३ हजार ५ सय २८ जना संक्रमणमुक्त भएको छन् । भारतमा संक्रमणमुक्त हुनेको कुल संख्या एक करोड २४ लाख २९ हजार ५ सय ६४ पुगेको छ ।
भारतमा हाल १४ लाख ७१ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।

हालसम्म भारतमा ११ करोड ४४ लाल ९३ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);