डेनमार्कद्वारा कोरोना विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपमाथी प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

डेनमार्कद्वारा कोरोना विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपमाथी प्रतिबन्ध

एजेन्सी । डेनमार्कले कोरोना भाइरस प्रतिरोधी खोप अक्सफोर्ड–एस्ट्राजेनेका माथी पुर्ण प्रतिबन्ध लगाएको छ । खोप प्रयोग गरेका केही ब्यक्तिमा रगतको छोक्रा बन्ने समस्या देखिएको भन्दै डेनमार्कले कोरोना विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपमाथी पुर्ण प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

योसँगै अस्ट्राजेनेका खोप प्रतिबन्ध गर्ने डेनमार्क युरोपकै पहिलो मुलुक भएको छ । एस्ट्राजेनेका खोपमा प्रतिबन्ध लगाएसँगै डेनमार्कको खोप अभियान समेत प्रभावित भएको छ । प्रतिबन्धसँगै डेनमार्कमा २४ लाख एस्ट्राजेनेका खोप त्यहाँका कोभिड खोप सेण्टरमा थन्किन पुगेका छन् ।

डेनमार्कको जनस्वास्थ संस्थाले एस्ट्राजेनेका खोप प्रयोग गरिएका चालिस हजार मध्ये दुई जनामा रगतको छोक्रा बन्ने समस्या देखिएकोले यसलाई अपवादका रुपमा लिनु पर्ने बताएको छ । तर डेनमार्कका स्वास्थ अधिकारीहरुले एस्ट्राजेनेका खोप लगाएपछि रगतमा छोक्रा बन्ने घटना आशागरेभन्दा बढी देखिएको दावी गरेका छन्।

अहिलेसम्म डेनमार्कमा १० लाख जनाले कोरोना खोप लगाईसकेका छन् । तीमध्ये डेढ लाखलाई एस्ट्राजेनेका खोप लगाईएको छ । खोप लगाएपछि केही ब्यक्तिहरुमा रगत जम्ने समस्या आएपछि युरोपका कतिपय मुलुकले यो खोप लगाउन रोक लगाएका भएपनि अधिकांशले भने पुन खोप अभियान शुरु गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);