डिसेम्बरसम्ममा कोरोना विरुद्धको खोप तयार हुने बेलायती कम्पनीको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

डिसेम्बरसम्ममा कोरोना विरुद्धको खोप तयार हुने बेलायती कम्पनीको दाबी

एजेन्सी , २३ कार्तिक । बेलायतको एस्ट्राजेनेका फार्मासियुटिकल्सले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस विरुद्धको खोप तयार भइसक्ने दाबी गरेको छ ।

एस्ट्राजेनेका फार्मासियुटिकल्सका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरियटले नियमन गर्ने निकायहरूले अनुमति दिएमा डिसेम्बर लगत्तै खोप सर्वसाधारणले प्रयोग गर्न पाउने दाबी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाउका छन् ।

नियमनकारी निकायहरूले निरन्तर तथ्यांकको निगरानी गरिरहेको भन्दै सोरियटले खोपका सबै काम सकिसक्दासम्म उनीहरूले पनि आफ्नो काम सके भने डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लगाउन पाउने बताउनु भयो ।

बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी बेलायती र स्वीडिस कम्पनी एस्ट्राजेनेका खोप निर्माणमा जुटिरहेको छ । एस्ट्राजेनेकाले ल्याउने खोपप्रति संसारकै चासो बढेको छ ।

गत सेप्टेम्बरमै परीक्षणको तेस्रो चरणमा गएको यो खोप सर्वसाधारणमा उपलब्ध हुनसके कोरोना नियन्त्रणमा लिन सकिने विश्वास वैज्ञानिकहरुको छ । एस्ट्राजेनेकाको खोप पाउनका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले पहिल्यै सम्झौता गरिसकेका छन् ।

कोरोना भाइरसविरुद्धको खोप बनाउन चीन, रुस, भारत, अमेरिका पनि जुटिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);