नागरिक–नागरिकबीच सम्बन्ध जोड्ने राष्ट्रपति बन्ने जो बाइडेनको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नागरिक–नागरिकबीच सम्बन्ध जोड्ने राष्ट्रपति बन्ने जो बाइडेनको प्रतिबद्धता

एजेन्सी, २३ कार्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडेन विजयी हुनुभएको छ । मत गणनाको पछिल्लो रिपोर्टअनुसार वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन बिजयी हुनुभएको हो ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै जो बाइडेनले देशवासीका नाममा पहिलो सम्बोधन समेत गरिसक्नुभएको छ । सम्बोधनमा उहाँले अमेरिकाका जनताले आफुलाई स्पष्ट जनादेश दिएको बताउँदै जित जनताको भएको र आफुले ७ दशमलव ४ करोड भोट पाएको उल्लेख गर्नुभयो ।

साथै बाइडेनले अमेरिकी नागरिक कसैलाई पनि भेदभाव नगरी साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धतासमेत जनाउनुभएको छ । सबैसँग मिलेर काम गर्ने र मुलुकको मेरुदण्डलाई फेरि एकपटक उभ्याउने भन्दै उहाँले अमेरिकी नागरिकले आफूलाई गरेको विश्वास गरेको र नागरिक–नागरिकका बीचमा फाटो ल्याउने नभइ नागरिक–नागरिकबीच सम्बन्ध जोड्ने राष्ट्रपति बन्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरसको महामारी नियन्त्रण गर्नेतर्फ हुने र त्यसका लागि शीर्ष वैज्ञानिक र विशेषज्ञहरुले काम गर्ने उल्लेख गर्नुभयो । बाइडन राष्ट्रपति भइरहँदा पराजय ब्यहोर्नुभएका वर्तमान राष्ट्रपति ट्रम्पले भने कानूनी संघर्षमा जाने बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);